कैलाली क्षेत्र नम्बर ४ बाट १६ जनाको उम्मेदवारी

अत्तरिया : फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ४ बाट १६ जनाको उम्मेदवारी दर्ता परेको छ । मंगलबार अत्तरिया स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १६ जनाले उम्मेदवारी गर्दा गरेका हुन ।

नेकपा एमालेबाट लेखराज भट्ट, नेपाली कांग्रेसबाट बहादुर विष्ट (आनन्द) नेपाली कम्युनिष्ट पार्टीबाट हरि राम चौधरीले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै राप्रपाबाट कमल रजवार, रास्वपाबाट खेमराज कोइराला, नेपाल मजदुर किसान पार्टीबाट अमृता भुल, नेशनल रिपब्लिक नेपालबाट गोपीलाल चौधरीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टी नेपालबाट धन बहादुर सुनार, उज्यालो नेपाल पार्टीबाट सुभाष कुँवर, राष्ट्रिय जनमोर्चाबाट हेमराज भट्ट, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट भक्त बहादुर शाही, श्रम संस्कृति पार्टीबाट भीम बहादुर थापाले उम्मेदवारी दिएका छन् ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट मोहन देव मिश्र, नेपाल मानवतावादी पार्टीबाट यज्ञ बहादुर टमोटा र मितेरी पार्टी नेपालबाट दिनेश कुमार मल्लले उम्मेदवारी दिएका छन् । यस क्षेत्रबाट छत्र बहादुर भट्ट खत्रीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस क्षेत्रबाट नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दर्ता गरेकी ३६ वर्षीय अमृता भुल एक्ली महिला उम्मेदवार हुन ।

नेपाली कांग्रेसबाट गोरख बहादुर विष्ट (आनन्द) ले वारिसनामा मार्फत उम्मेदवारी दर्ता गरेका हुन । उनको वारेसका रूपमा तेज खड्काले उम्मेदवारी दर्ता गराएका थिए । विष्टको प्रस्तावकमा मीन जोशी र समर्थकमा करन साउँद रहेका छन् । विष्ट काठमाण्डौंमा रहेकाले वारिसनामा मार्फत उम्मेदवारी गर्दा गरिएको काँग्रेस कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति वसन्त रोकायाले बताए ।

Loading...