कैलाली-४ मा रास्वपाको सचिवालय स्थापना

अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को क्षेत्रीय निर्वाचन सचिवालय स्थापना गरिएको छ । आइतबार आयोजित कार्यक्रममा पार्टीका सह प्रवक्ता रमेश प्रसाईँ र केन्द्रिय सदस्य प्रमोद न्यौपानेले संयुक्त रुपमा सचिवालयको उद्घाटन गरेका छन् ।

सचिवालयको उद्घाटन गर्दै उनले रास्वपाको जान्नेलाई छान्ने नीति अनुसार अब्बल उम्मेदवार चुनावमा उठाइएको बताए । उनले कैलाली क्षेत्र नम्बर ४ मा जुझारु, शिक्षा सेवी, विद्धत व्यक्तित्व खेमराज कोइरालालाई उम्मेदवार बनाएको बताउँदै यहाँको जित्ने आधार नै उम्मेदवारको चयन भएको बताए । उनले उम्मेदवारको विषय र पार्टीको नीतिको विषयमा जनतालाई बुझाउन आवश्यक रहेको बताएका छन् ।

कैलाली क्षेत्र नम्बर ४ मा रास्वपाले खेमराज कोइरालालाई उम्मेदवार बनाएको छ । अत्तरिया स्थित धनगढीरोडमा गरिएको सचिवालय स्थापनासँगै रास्वपाले क्षेत्रस्तरमा संगठन सुदृढ गर्दै चुनावी गतिविधि थप सक्रिय बनाउने जनाएको छ । मतदाता समन्वय, प्रचार-प्रसार र संगठन विस्तारमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Deep Jyoti Pustak psl
Loading...