अत्तरिया : फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले दीपक ओझालाई निर्वाचन कमान्डर तोकेको छ । आइतबार पार्टीको क्षेत्रीय सचिवालयको उद्घाटन समारोहमा पार्टीका गोदावरी नगर सभापति रहेका ओझालाई निर्वाचन कमान्डर तोकिएको हो ।
अत्तरियामा आज बसेको भेलाले कैलाली-४ को निर्वाचन कमाण्ड नगर सभापति ओझालाई दिने निर्णय गरेको क्षेत्रीय सचीव डिल्लिराज जोशीले बताए ।
रास्वपाबाट कैलाली-४ मा खेमराज कोइराला प्रतिनिधि सभाको उम्मेदवार रहेका छन् ।
