गोदावरीमा एमालेले गठन गर्यो ६०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

अत्तरिया : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) गोदावरी नगर कमिटीले ६०१ सदस्यीय नगर स्तरिय मूल परिचालन कमिटी गठन गरेको छ । नगर कमिटीको आज बसेको सातौँ बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा गोदावरी इन्चार्ज खम्ब बुढालाई संयोजक र गोदावरी नगर अध्यक्ष सन्तोष सिंहलाई सचिव बनाउने निर्णय गरेको छ । नगर कमिटी अध्यक्ष सिंहका अनुसार आज गठन भएको कमिटी एमालेका उम्मेदवार जिताउन, पार्टीको निर्वाचन तयारी, संगठन सुदृढीकरण र मतदाता सम्पर्क बढाउन परिचालन हुनेछ ।

बैठकमा केन्द्रिय सदस्य सन्तोष शर्मा थापा, समानुपातिक उम्मेदवार हरि शंकर योगि सहित प्रदेश, जिल्ला, नगर र वडा स्तरका नेताहरुको सहभागीता रहेको थियो । नेकपा एमालेले कैलाली-४ मा पार्टीका उपमहासचिव लेखराज भट्टलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...