सुदूरपश्चिमका पहाडी जिल्लामा बालेनको भ्रमण, यस्तो छ तालिका

अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह बुधबार सुदूरपश्चिम प्रदेशका पहाड उक्लिएका छन् ।

चुनावी प्रचारप्रसारका लागि सुदूरपश्चिम आइपुगेका बालेनले बुधबार बिहानै डडेल्धुरा पुगेका छन् ।

कैलाली, कञ्चनपुरको भ्रमण मंगलबार भ्याएका उनले बुधबार सुदूरपश्चिमकै पहाडी जिल्लामा हुने कार्यक्रममा सहभागी हुँदैछन् । बालेनले डडेलधुरा, बैतडी, दार्चुला र बझाङमा हुने कार्यक्रममा सहभागिता जनाउने बताइको छ ।

यस्तो छ भ्रमण तालिका
क्षेत्रः डडेलधुरा, बैतडी, दार्चुला र बझाङ
बिहान ९ः३० बजेः तुफानडाँडा, डडेलधुरा (जिल्ला पार्टी सम्पर्क कार्यालय)

अपराह्न १२ः३० बजेः पाटन, बैतडी (पार्टी सम्पर्क कार्यालय)

दिउँसो ४ः०० बजेः गोकुले, दार्चुला (पार्टी सम्पर्क कार्यालय)

राति ८ः०० बजेः बुङ्गल, बझाङ

Deep Jyoti Pustak psl
Loading...