गोदावरी-७ हरैयामा १६ गते देखि माघी मिलन सांस्कृतिक कार्यक्रम आयोजना हुने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ हरैयामा माघी मिलन सांस्कृतिक कार्यक्रम हुने भएको छ । हरैया स्थित थारु सङ्ग्रहालयमा थारु एवम् राना थारु गोदावरी नगर भलमन्सा (बरघर) समिति को आयोजना मा यही माघ १६ गते देखि माघी मिलन सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

थारु एवम् राना थारु संस्कृतिको संरक्षण र सो संस्कृति पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समितिका अध्यक्ष मान बहादुर चौधरीले जानकारी दिए । महोत्सव ३ दिन सम्म रहने उनले बताए । १८ गते सम्म सञ्चालन हुने उक्त सांस्कृतिक कार्यक्रमलाई गोदावरी नगरपालिकाले सहयोग गरेको छ भने हरैया गाउँ समाजले उक्त सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको छ ।

पुर्खा देखिको थारु एवम् राना थारु समुदायको चालचलन र रहन सहन आउँदो पुस्तालाई पनि हस्तान्तरण गर्न कार्यक्रम आयोजना गर्न लागिएको स्थानीय बल बहादुर चौधरीले बताए । उनले थारु समुदायको संस्कृतिको संरक्षण गर्न प्रत्येक वर्ष भलमन्सा समितिले सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरेको बताएका छन् । सांस्कृतिक कार्यक्रममा राना थारु समुदायका विभिन्न कला संस्कृतिहरूको प्रदर्शन, कलाकारहरूको प्रस्तुति तथा झाँकीहरू प्रस्तुत गरिने उनले बताए ।

माघी मिलन सांस्कृतिक कार्यक्रममा आउने पाहुनाहरुलाई बिभिन्न गाउँमा रहेका गाउँसमाज भलमन्सा (बरघर) समितीहरुले स्वागतका लागि परिकार बनाएर ल्याउने प्रचलन रहेको छ । हाल गोदावरीका १० ओटा वडाहरुका २८ गाउँमा गाउँसमाज भलमन्सा (बरघर) समितीहरु रहेका छन् ।

Deep Jyoti Pustak psl
Loading...