कैलाली क्षेत्र नं. ४ मा कांग्रेसले गठन गर्यो चुनाव लक्षित बिभिन्न उपसमिती

तरुण दलको कमान्ड भट्टराई, युवाको कमान्ड कडायत र नेविसंघ परिचालनको जिम्मा पाठकलाई

अत्तरिया : नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरि बिभिन्न उपसमितिहरु गठन गरेको छ । सोमबार वसन्त रोकाया (ललित) संयोजकत्वमा गठित क्षेत्रीय मूल समिति अन्तरगत उप समिति निर्माण गरिएका हुन ।

क्षेत्र नम्बर ४ ले चुनावी रणनीति अन्तरगत तरुण दलको कमान्ड शिवराज भट्टराई र युवा परिचालनको कमान्ड कमल कडायतलाई दिएको छ । संयोजक रोकायाले चुनाव लक्षित गठन गरिएका उपसमितिहरूले युवा र तरुण दललाई परिचालन गर्ने बताए ।

यस्तै नेपाल विद्यार्थी संघ (नेविसंघ) परिचालनको जिम्मेवारी विद्यार्थी नेता दिनेश पाठकलाई दिएको छ । कांग्रेस क्षेत्रीय समितिले चुनावी रणनीति अन्तरगत नेपाल नेविसंघ परिचालनका लागि पाठकलाई जिम्मेवारी तोकेको हो । मुल समिति अन्तरगत रहने गरी विद्याथी परिचालनका लागि पाठकको संयोजकत्वमा उप समिति बनाइएको रोकायाले बताएका छन् । उनले क्षेत्र नम्बर ४ अन्तरगत महिला संघ, दलित संघ परिचालनका लागि पनि उपसमिति निर्माण गरिएको बताए ।

त्यस्तै निर्वाचन क्षेत्रमा रहेका पालिकाहरुका लागि पनि समिति गठन गरेको छ । गोदावरी नगरपालिकामा युवा परिचालन समितिको जिम्मेवारी आशिष भट्टराईलाई दिएको छ । प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउनका लागि भट्टराईलाई नगरको युवा परिचालनको कमाण्ड सम्हाल्ने जिम्मेवारी दिईएको बताईएको छ ।

गोदावरी नगरमा नेविसंघ प्रचार प्रसारको जिम्मेवारी दिल बहादुर बुढाथोकीलाई दिईएको नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का सचिव बिष्णु भाटले जानकारी दिए । उनका अनुसार क्षेत्र नं. ४ अन्तरगत गौरीगंगा नगरपालिकामा युवा परिचालनको जिम्मेवारी लक्ष्मण साउँदलाई दिईएको छ भने नेविसंघ प्रचार प्रसारको जिम्मेवारी झलक छेडाललाई दिईएको छ ।

कैलाली क्षेत्र नम्बर ४ मा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका गोरख बहादुर विष्ट (आनन्द) उम्मेदवार बनेका छन् ।

Deep Jyoti Pustak psl
Loading...