अत्तरियाको सेभ हाउसमा सक्षम भट्टराईको चौथो जन्मदिन सामाजिक सेवासहित मनाइयो

अत्तरिया : कैलालीको अत्तरिया स्थित महिला तथा बालबालिका सेभ हाउसमा सक्षम भट्टराईको चौथो जन्मदिन मानवता, सेवा र करुणाको सन्देश बोकेर मनाइएको छ । जन्मदिनको शुभ अवसरमा सेभ हाउसमा आश्रित महिला तथा बालबालिकालाई भोजन गराई जन्मदिन मनाइएको हो ।

भट्टराईको जन्मदिन पारिवारिक खुशीलाई मात्र सीमित नराखी समाजका आवश्यकता भएका वर्गसँग साट्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको परिवारले जनाएको छ । कार्यक्रममा परिवारजन, आफन्त, इष्टमित्र तथा छरछिमेकको सहभागिता रहेको थियो भने उपस्थित हुन नसकेका परिवारका सदस्यहरूको पनि आत्मीय शुभेच्छा, आशीर्वाद र सद्भाव कार्यक्रमप्रति रहेको उनकी आमा कल्पना भाट बताईन् ।

भट्टराईका हजुरआमाहरू लाली देवी भट्टराई, भागरती देवी भट्टराई, शोभा भट्टराई, र चन्द्रा भट्टराई, हजुरबुबाहरू गोबिन्द बहादुर भट्टराई, राम भट्टराई र दिनेश भट्टराई, बुबा कृष्णबहादुर भट्टराई, आमा कल्पना भाट, अंकल-आन्टी निसान्त-तृप्ती, प्रकाश, निश्चल, साथै फुपुहरू जानकी, गीता, पशुपति, मेलिना, बिन्दु र भागरती लगायत सम्पूर्ण परिवारजनको माया, आशीर्वाद र प्रेरणाले सक्षमको जन्मदिन अर्थपूर्ण बनेको बताइएको छ ।

सेभ हाउसमा रहेका महिला तथा बालबालिकालाई भोजन गराउँदै गरिएको जन्मदिन कार्यक्रमले सानो उमेरमै सामाजिक चेतना र सेवाभावको संस्कार विकास गर्न प्रेरणा दिएको सहभागीहरूको भनाइ थियो । यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने र भावी पुस्तालाई मानवीय मूल्यतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरिएको छ ।

Loading...