कैलालीको टीकापुरबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीको टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

टीकापुर नगरपालिका–९ ठोसेबजार स्थित अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४० हजार १ सय बराबरको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको हो।

भन्सार छलीको फलामको कराई, स्टिल परात, कचौरा लगायतका सामान इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बसधवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...