सवारी ज्यान मुद्दामा फरार कैलालीका एक जना पक्राउ

धनगढी : सवारी ज्यान मुद्दामा फरार कैलालीको घोडाघोडीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा १९ दिन कैद र २ हजार जरिवाना तोकिएको कैलालीको घोडाघोडी नगरपालिका–४ माघी बस्ने ४८ वर्षीय बुद्धिराम चौधरी पक्राउ पेका हुन्।

चौधरीलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...