अत्तरिया : कैलालीको अत्तरिया चौराहामा अत्तरिया जेसीजको आयोजनामा सहिद दिवस २०८२ को अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट, उपमेयर शारदा रोकाया, अत्तरिया जेसीजका पदाधिकारीहरू तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
उपस्थित सबैले सहिदहरूको सम्मानमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। दीप प्रज्वलन कार्यक्रमअघि सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।
अत्तरिया जेसीजले सहिद दिवसको अवसरमा आयोजना गरेको उक्त कार्यक्रमले सहिदप्रति सम्मान र कृतज्ञता व्यक्त गर्नुका साथै युवा पुस्तालाई राष्ट्रप्रेम र जिम्मेवारीप्रति सचेत गराउने उद्देश्य राखेको आयोजकले जनाएका छन्।
