कैलालीको धनगढीका २ जना लागूऔषधसहित पक्राउ

धनगढी : कैलालीको धनगढीका २ जना लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट सोही ठाउँ बस्ने ३२ वर्षीय राज कुमार राना र १७ वर्षीय किशोर लागूऔषधसहित पक्राउ परेका हुन्।

उनीहरुको साथबाट १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित निजहरु दुवै जनालाई प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको छ।

Deep Jyoti Pustak psl
Loading...