कैलालीबाट लागूऔषधसहित २ जना पक्राउ

धनगढी : कैलालीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–६ जालीबाट सोही ठाउँ बस्ने २३ वर्षीय विशाल चौधरी ४९० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्।

Dhangadhi_Tihar 2083

चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएको छ।

यसैगरी घोडाघोडी नगरपालिका–१ बेलारबाट सोही ठाउँ बस्ने ३० वर्षीय दिनेश कुवँरलाई १०० मिलिग्राम लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

कुवँरलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

Loading...