धनगढी : लागूऔषध मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय र ५ सय जरिवाना तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका–१३ बस्ने ३० वर्षीय घुमन राना पक्राउ परेका हुन्।
रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
