अत्तरियामा मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

धनगढी : गोदावरी नगरपालिका–१ मनहरा क्षेत्रमा बिहीबार ६ लेन सडकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा ४५ वर्षीय गोपाल रानाको मृत्यु भएको छ।

दुर्घटनामा सुप प्र ०१०११ प ८५८५ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका – ५ का २३ वर्षीय नब्लु राना र मोटरसाइकलको पछाडि सवार कृष्णपुर नगरपालिका – ६ का २३ वर्षीय मनुराज राना घाइते भएका छन्।

उनीहरूको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। रोड क्रस गर्ने क्रममा धनगढीबाट अत्तरिया तर्फ आउँदै गरेको मोटरसाइकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले बताएको छ।

Deep Jyoti Pustak psl
Loading...