कैलालीमा भन्सार छलीका सामान प्रहरी नियन्त्रणमा

धनगढी : कैलालीमा प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।

Dhangadhi_Tihar 2083

जिल्लाको कैलारी गाउँपालिका २ उत्तर मझेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ३० हजार ३ सय बराबरको सामान नियन्त्रणमा लिएको हो।

भन्सार छलीको बिभिन्न किसिमका कपडा, साइकल थान–२ लगायतका सामान बिहीवार दिउँसो इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ।

Loading...