कैलालीको टीकापुरमा भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीको टीकापुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

टीकापुर नगरपालिका–९ बालुवाटरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ९५ हजार ७ सय बराबरको चिनी, बिडी, सुर्ती, गञ्जी, पुजाको सामान, पानिपुरी, तमाको कलश लगायतका सामान बरामद गरिएको हो।

उक्त सामान शुक्रवार साँझ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक नियन्त्रणमा लिएको छ।

Deep Jyoti Pustak psl
Loading...