गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्ष सञ्चालनमा

धनगढी : कैलालीस्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत रहेको गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्ष स्थापना गरी शल्यक्रिया सेवा सुरु गरिएको छ।

अस्पतालका अनुसार शुक्रबारदेखि मोडुलर शल्यक्रिया कक्ष प्रयोगमा ल्याउँदै शल्यक्रिया सेवा सञ्चालन गरिएको हो। यसअघि अस्पतालले आपतकालीन सेवाका लागि व्यवस्था गरिएको शल्यक्रिया कक्षबाट मात्र शल्यक्रिया सेवा दिँदै आएको थियो।

अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार अस्पतालमा रहेका पाँच वटा मोडुलर शल्यक्रिया कक्षमध्ये हाल तीन वटा कक्षबाट तत्काल शल्यक्रिया सेवा सञ्चालन गर्न सकिने अवस्था रहेको छ।

Deep Jyoti Pustak psl
Loading...