कैलालीमा करणी आरोपमा एक जना पक्राउ

कैलाली : १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश राज्यको लखिमपुर तिकुनिया घर भई हाल कैलालीको बर्दगोरिया गाउँपालिका–२ बस्दै आएका ५३ वर्षीय साहिद अली रहेका छन्। शनिबार साँझ इलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार साहिद अलीले ती बालिकालाई राजकुला सामुदायिक वन क्षेत्रको जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै उनलाई नियन्त्रणमा लिइएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...