अत्तरिया : विप्लव नेतृत्वको नेकपा माओवादीका गौरीगंगा नगर इन्चार्ज जनक धामी नेकपा एमालेमा प्रवेश गरेका छन ।
मंगलबार प्रतिनिधि सभा निर्वाचन लक्षित नेकपा एमाले गौरीगंगा नगरपालिका– ४ र ७ को वडा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा धामी एमालेमा प्रवेश गरेका हुन ।
कार्यक्रममा धामी सहित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट कल्पना रसाइली पनि पार्टी प्रवेश गरेको नेकपा एमाले का कैलाली क्षेत्र नं. ४ का संयोजक गणेश जिमि साउँदले बताए ।
उनका अनुसार नवप्रवेशी दुवै जनालाई नेकपा एमालेका उपमहासचिव तथा फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट कैलाली क्षेत्र नं. ४ का उम्मेदवार लेखराज भट्टले पार्टी प्रवेश गराएका हुन ।
