बाजुराको कर्णाली करिडोर सडकखण्डमा पुरुष मृत फेला

बाजुरा : जिल्लाको जगन्नाथ गाउँपालिका–६ स्थित लैफु डाँडाँ नजिक कर्णाली करिडोर सडकखण्डमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्।

बिहीबार साँझ करिब ४० वर्षजतिको देखिने पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ। मृतकको नाम, थर र स्थायी ठेगाना हालसम्म खुल्न नसकेको जनाइएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

Deep Jyoti Pustak psl
Loading...