कैलालीका सीमा नाका तीन दिन बन्द गरिने

अत्तरिया : २१ फागुनमा हुने निर्वाचनका लागि कैलालीका सीमा नाका तीन दिन बन्द गरिने भएको छ। निर्वाचन सुरक्षालाई ध्यानमा राखेर नाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

प्रशासन कार्यालयले एक सुचना जारी गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएका कैलाली जिल्लाका सम्पूर्ण सीमा नाकाहरू फागुन १८ गते राती १२ बजेदेखि फागुन २१ राती १२ बजेसम्म बन्द रहने जनाइएको छ ।

सूचना अधिकारी शिवराज जोशीद्धारा जारी सूचनामा फागुन २० गते राती १२ बजे देखि फागुन २१ गते मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, ट्याङ्कर, दमकल, दुरसञ्चार सेवा, शव बहान, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगको सवारी साधन र अनुमति प्राप्त सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा निषेध गरिएको उल्लेख छ ।

Deep Jyoti Pustak psl
Loading...