मदन पुरस्कार विजेता ओझालाई गृहनगर टीकापुरमा सम्मान

 टीकापुर : विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्थाले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

लेखक ओझाले ऐँठन एउटा युद्ध उपन्यास भएको बताए उनले ऐँठन उपन्यास महाभारत, विश्वयुद्ध र नेपालको सशस्त्र युद्धलाई समेटेर लेखिएकाले यो एउटा युद्ध उपन्यास भएको बताए । लेखक ओझाले पहिले कथाका लागि तयार गरिएको पाण्डुलिपीलाई अध्ययन गर्दै जाँदा उपन्यास तयार भएको र उपन्यासको पूर्णरुप दिन पाँच वर्ष लागेको बताए । उनको यसअघि ‘ऐलानी’ उपन्यास पनि चर्चामा आएको थियो ।

ऐलानी वादी समुदायका कथा समेटिएको पुस्तक थियो । त्यो उपन्यासविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक केशरबहादुर कुँवरले ओझाको पुस्तकले पुरस्कार मात्र प्राप्त नभई टीकापुरलाई चिनाउने र पुरस्कृत गर्ने काम गरेको बताए ।

लेखक ओझाको पहिलो कृति ‘एक पाइला आकाशमा’ गजल सङ्ग्रह २०७० सालमा प्रकाशित भएको थियो । त्यसपछि उहाँले २०७४ सालमा ‘ऐलानी’ उपन्यास लेखेका थिए ।

Loading...