धान नकाट्न सूचना दिँदै खेतखेतमा नगर प्रहरी

धनगढी : धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरी धान नकाट्न सूचना दिन किसानको घर तथा खेतमा पुगेर माइकिङ गरिरहेका छन्।

जल तथा मौसम विज्ञान विभागले १५ गते सोमबारदेखि १७ गते बुधबारसम्म पानी पर्ने सम्भावना रहेकाले धान नकाट्न र काटेको धान भित्र्याउन सूचना दिन उपमहानगरले नगर प्रहरीलाई किसानको घर तथा खेतबारीमा खटाएको हो।

नगर प्रहरीले माइकिङ मार्फत १९ वटै वडामा पुगेर १७ गते यता धान नकाट्न र काटेको धान भित्र्याउन आग्रह गरिरहेका छन्।

गत वर्ष पनि उपमहानगरपालिकाले धान काट्ने समयमा यसरी नै सार्वजनिक रुपमा नगर प्रहरीलाई गाउँगाउँमा खटाएर मौसम सम्बन्धि जानकारी दिएको थियो।

Nabadurga Sunchadi
Loading...