धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा पञ्चेश्वरमा दुई दिन स्थानीय बिदा

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका क्षेत्रभित्र दुई दिन स्थानीय बिदा दिइएको छ। पञ्चेश्वर गाउँपालिका–४ आम्चौरास्थित प्रसिद्ध कैलपाल धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा मंसिर १७ गते आइतवार र १८ गते सोमवार सार्वजनिक बिदा दिइएको गाउँपलिकाले जनाएको छ।

कैलपाल मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर पालिकाले दुई दिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए।

कैलापाल धुरा जात्राको अवसरमा आइतवार र सोमवार गाउँपालिकाभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

कैलपाल धुरा मन्दिरमा हरेक वर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा जात्रा लाग्दै आएको छ। उक्त जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन्।

Loading...