अत्तरिया : कैलालीको अत्तरियामा आज (आइतबार) बाट जेसिज सप्ताह सुरु भएको छ । आईतबारबाट अत्तरिया जेसिज वर्ष २०२३ को आयोजनामा एक औपचारिक कार्यक्रमका बिच जेसिज सप्ताह सुरु गरिएको हो ।
अत्तरिया जेसिज वर्ष २०२३ का अध्यक्ष मान ऐरको सभापतित्वमा आयोजित सप्ताहको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपालदत्त भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा जिल्ला भलिबल संघ कैलालीका अध्यक्ष निरज शाह रहेका थिए ।
सप्ताहको पहिलो दिन मैत्रिपुर्ण भलिबल प्रतियोगीता आयोजना गरिएको थियो । सप्ताहको दोश्रो दिन तेघरीमा रहेको बनदेवी मन्दिरमा सरसफाई कार्यक्रम आयोजना गरिने, तेस्रो दिन जनकल्याण सेकेन्डरी स्कुल तेघरीमा हाजिरीजवाफ प्रतियोगीता आयोजना गरिने बताइएको छ ।
यस्तै चौथो दिन अत्तरियामा रहेको पद्मा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिने, पाँचौ दिन अत्तरिया चोकमा घैँटो फोड प्रतियोगीता आयोजना गरिने, छैटौ दिन शिव मन्दिर परिषरमा वृक्षारोपण गरिने र सप्ताहको सातौ दिन समापन समारोह आयोजना गरिने अत्तरिया जेसिज वर्ष २०२३ का अध्यक्ष मान ऐरले जानकारी दिए ।
जेसिजको केन्द्रिय कार्ययोजना अनुसार प्रत्येक वर्ष जेसिज सप्ताहको आयोजना गर्ने गरिएको छ । जसमा विभिन्न सामाजिक कार्यहरु गर्ने गरिन्छन ।

