गोदावरीका नगरप्रमुखलाई एमालेको ध्यानाकर्षण पत्र

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टलाई नेकपा एमाले गोदावरी नगर कमिटीले ध्यानाकर्षण पत्र बुझाएको छ ।

मंगलबार जग्गा नापजाँचको काम तुरुन्तै सुचारु गर्नुपर्ने माग राख्दै कमिटीले ध्यानाकर्षण पत्र बुझाएको हो । नगरपालिका क्षेत्रका दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको ऐलानी जग्गा नापजाँच कार्य लामो समयदेखि बन्द रहेको भन्दै कमिटीले छिटो काम सुचारु गर्न भनेको छ ।

साथै जग्गा नापजाँच कार्य बन्द रहनुको कारण पनि पत्रमार्फत सोधिएको छ ।

Loading...