जंगली हात्तीको बथानले तीन घर भत्कायो, घर भत्काएका परिवारलाई राहत वितरण

कञ्चनपुर : कञ्चनपुर को कृष्णपुरमा जंगली हात्तीको बथानले ३ घर भत्काएको छ । कृष्णपुर नगरपालिका–४ मा गयराति तीन वटा घर हात्तीले भत्काएको हो ।

कृष्णपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष धर्म बहादुर सिँहका अनुसार हात्तीको बथानले स्थानीय श्यानु चौधरी, गोपाल चौधरी र जयराज चौधरीको घर भत्काएको छ ।

हात्तीले स्थानीयका दर्जनौ विघामाको धानबालीमा पनि क्षति पुयाएको स्थानीयले बताएका छन ।

घर भत्काएका परिवारलाई राहत वितरण
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा हात्तीले घर भत्काएका परिवारलाई राहत वितरण गरिएको छ ।

बुधबार स्थलगत अनुगमन गर्न गएको प्रदेशसभा सदस्य ओमविक्रम भाट, नगरप्रमुख हेम राज ओझा सहितको टोलीले हात्तीले घर भत्काएका परिवारलाई राहत वितरण गरेको हो ।

अनुगमनका क्रममा नगर प्रमुख ओझाले कृष्णपुर नगरपालिकाको वन क्षेत्रमा बर्सेनि हात्तीले दुख दिइरहेको भन्दै स्थायी समाधानको लागि सम्बन्धित निकायसँग छलफल गरिरहेको बताए ।

उनले जिल्ला प्रशासन कार्यालय कंचनपुरलाई खबर गरि आवश्यक क्षतिपूर्तिको लागि पनि आग्रह गरिएको बताए । हात्तीले घर भत्काएका परिवारलाई तत्कालको लागि नगरबाट १र१ थान त्रीपाल र खाद्यान्न सहयोग गरिएको छ ।

Dhangadhi 2081
Loading...