बैतडीको दुदिलाखान–गाँजरी सडकखण्ड बिहानैदेखि बन्द

बैतडी : बैतडीको दुदिलाखान गाँजरी सडक सोमवार बिहानैदेखि बन्द गरिएको छ। गाँजरी–गर्जे सडक संघर्ष समितिले सडक बन्द गरेको हो।

यसअघि संघर्ष समितिको बैठकले आफूहरुका माग पूरा नभएको भन्दै सडक बन्द गर्ने निर्णय गरेको थियो। सिगास गाउँपालिका वडा नम्बर–१ मा गठन भएको संघर्ष समितिले आज बिहानैदेखि सडक बन्द गरेको समितिका अध्यक्ष पवन चन्दले जानकारी दिए।

यसअघि गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई ज्ञापन पत्र बुझाएको संघर्ष समितिले सात दिनभित्र आफ्ना माग पूरा गर्न आग्रह गरेको थियो। आफूहरुका मागका बिषयमा कुनै सुनुवाई नभएकाले दुदिलाखान–गाँजरी सडक बन्द गरिएको संघर्ष समितिले जनाएको छ।

५ दिनसम्म पनि आफूहरुका माग सम्बोधनका लागि प्रक्रिया अगाडि नबढेमा आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने समितिले जनाएको छ। कोटिला–धौलाडी हुँदै गर्जे जोड्ने सडक कडा चट्टानका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन्।

कुर्चेनेटा हुँदै गर्जे पुग्ने सडक निर्माण गर्नुपर्ने आफूहरुको माग रहेको संघर्ष समिति अध्यक्ष चन्दले बताए।

Deep Jyoti Pustak psl
Loading...