अत्तरिया : कैलालीको गोदावरीमा नेकपा एमालेको प्रदेश अधिवेशन प्रतिनिधी चयनको लागि भएको मतदानको मतगणना शुुरु भएको छ ।
नेकपा (एमाले) सुदुरपश्चिम प्रदेश अधिबेशनमा सहभागी हुने प्रतिनिधि चयनको लागि मंगलबार भएको मतदानको मतगणना आज (बिहीबार) शुरु भएको छ । पार्टी कार्यालय अत्तरिया स्थित पुर्वरोड बनखेतमा दिउँसो १ बजेबाट मतगणना भईरहेको छ ।
मतगणना मतदान सकिएको २ दिनपछि हुन लागेको हो । मतदान सकिनै लाग्दा प्रदेश अध्यक्ष दामोदर भण्डारीले मतगणना नगर्न सहजकर्तालाई पत्र मार्फत निर्देशन दिएपछि रोकिएको थियो । फेरी बुधबार प्रदेश अध्यक्ष, पालिका ईन्चार्ज लगायतको टोलीहरु बसेर छलफल गरी मतगणना शुरु भएको बताईएको छ ।
उम्मेदवार दर्ता गराएर गोदावरीमा प्रक्रिया नमिलेको भन्दै एमाले भित्रैकै एक पक्ष निर्बाचनमा सहभागी भएको थिएन । मतदानमा ५ सय ७७ मत खसेको थियो । एमालेको सुदुरपश्चिम प्रदेश अधिबेशन यहि असोज २१ र २२ गते कैलालीको धनगढीमा हुँदैछ ।
