सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि भान्सेसम्मका विभिन्न पदमा २ सय ८८ जनाको माग

काठमाण्डौ : सशस्त्र प्रहरीले प्रहरी निरीक्षक ९इन्स्पेक्टर० सहित २ सय ८८ जनाको आवेदन माग गरेको छ । आज निकालिएको सूचनामा आउँदो माघ २१ गतेसम्म नियमित र दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म आवेदन भर्न सकिने उल्लेख छ ।

माग गरिएकामध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक, ६५ जना भान्से, १० जना कूचीकारलगायत रहेका छन् ।

प्रहरी निरीक्षकका लागि २१ वर्ष पूरा भइ २५ वर्ष ननाघेका र सहायक निरीक्षकका लागि २१ वर्ष पूरा भइ २३ वर्ष ननाघेको हुनु पर्नेछ ।

उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।

Dhangadhi 2081
Loading...