धनगढी : राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनकातर्फबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार उठाउने भएका छन् ।
राष्ट्रियसभाकाे अन्य र आपांगतातर्फ नेपाली कांग्रेस र महिलामा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति भएकाे हाे । साेहीअनुसार माओवादी केन्द्रले महिलामा बैतडीकी रेनु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेकाे प्रदेश अध्यक्ष हरी चाैधरीले जानकारी दिए ।
नेपाली कांग्रेसले भने उम्मेदवारकाे टुंगाे लगाउन बाँकि छ । प्रदेश महामन्त्री मेघराज खड्काले सत्तागठबन्धनमा भएकाे सहमतिअनुसार दुई सिटमा कांग्रेसले उम्मेदवारी दिने बताए तर उम्मेदवारकाे नाम भने टुंगाे लागिनसकेकाे उनले बताए ।
