धनगढी : कैलालीको धनगढीबाट भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५० हजार ६ सय मूल्य बराबरको गाडीका बिभिन्न पाटपुर्जासहित धनगढी उपमहानगरपालिका–४ का २२ वर्षीय सुनिल चौधरीसहित दुई जना आईतवार दिउँसो पक्राउ परेका हुन्।
प्रहरी गस्ती टोलीले फेला पारी कारवाहीका लागि सामानसहित उनीहरुलाई त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको प्रहरीले जनाएको छ।
यस्तै धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोकबाट भन्सार छलीका अन्दाजी २८ हजार ४ सय मूल्य बराबरको चिनी, प्याज, ललिपप लगायतका समान आईतवार साँझ प्रहरीले बरामद गरेको छ।
प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ।