अत्तरिया : नेकपा एमाले सुदुरपश्चिम प्रदेश अधिवेशनमा सहभागी हुनका लागि कैलालीको गोदावरी नगरपालिकाबाट १४ प्रतिनिधि निर्वाचनाबाट छनौट भएका छन । प्रतिनिधिका लागि ३० जनाले उम्मेदवारी दिएकोमा १४ जना निर्वाचित भएर छनौट भएका हुन् ।
मत परिणाम अनुसार खुल्लामा हरि सिँ साउँद (४९४), गोकर्ण भट्ट (४८५), बालकृष्ण प्रसाईं (४९१), खम्ब बुढा (५००), गणेश जिमि साउँद (४८८), चक्र बोहरा (४८१), नर बहादुर रोकाया (४२८) र राम प्रसाद चौधरी (४३२) बिजयी भएका छन् भने खुल्लामा युबामा रबिन्द्र रोक्का मगर (४४६) बिजयी भएर छनौट भएका छन् । यस्तै महिला तर्फ डम्मा खडका (४८१), बिष्णु माया बुढा (४८६), खेमा देबी साउँद (४९६), रत्ना कुँवर जोशी (४८३) र गंगा कुमारी चौधरी (४७६) विजयी भएर छनौट भएका छन । मतदानमा ५ सय ७७ मत खसेको थियो ।
मतगणना मतदान सकिएको २ दिनपछि आज (बिहीबार) भएको हो । मतदान सकिनै लाग्दा प्रदेश अध्यक्ष दामोदर भण्डारीले मतगणना नगर्न सहजकर्तालाई पत्र मार्फत निर्देशन दिएपछि रोकिएको थियो । उम्मेदवार दर्ता गराएर गोदावरीमा प्रक्रिया नमिलेको भन्दै एमाले भित्रकै एक पक्ष निर्बाचनमा सहभागी भएको थिएन । असन्तुष्ट पक्षले पार्टी प्रदेश कार्यालयमा उजुरी दिएको थियो ।
गोदावरी नगरपालिकाबाट २१ जना एमालेका प्रतिनिधीहरु प्रदेश अधिवेशनमा जादैछन् । यस अघि दलित कलस्टरबाट भने सहमतिका आधारमा ७ जना छनोट भईसकेका छन् । बाजि कामी, रुपलाल विक, गणेश विसी, परि कामी, दिपक नेपाली, हिरा विक र संगिता विश्वकर्मा छनौट भएका हुन् ।
एमालेको सुदुरपश्चिम प्रदेश अधिबेशन असोज २१ र २२ गते हुँदैछ । एमालेको सुदुरपश्चिम प्रदेश अधिवेशनका लागि सुदूरपश्चिमका ८८ वटा स्थानीय तहबाट प्रतिनिधि छनोट गरिदै छन ।
