कैलालीबाट तीन पहाडी जिल्लामा नियमित उडान सुरु

धनगढी : कैलालीको धनगढी विमानस्थलबाट सुदूर पहाडका तीन जिल्लामा नियमित उडान सुरु गरिएको छ। पाँच महिनादेखि बन्द पहाडी जिल्लाको उडान सेवा पुनः सुचारु भएको हो।

गत चैतदेखि बझाङ, बाजुरा र अछामको हवाई उडान नगरेको समिट एयरले बिहीबारदेखि नियमित उडान सुरु गरेको छ।

समिट एयरका सुदूरपश्चिम प्रमुख किशोर खड्काले बिहीबारदेखि नियमित उडान सुरु गरिएको बताए। पहाडी तीन जिल्लामा हप्ताको दुई दिन नियमित उडान हुने उनले बताए।

प्रत्येक हप्ताको सोमबार र बिहीबार बझाङ, बाजुरा र अछाम उडान गरिने उनले बताए। समिट एयरले धनगढी–बझाङको भाडादर ७ हजार रुपैयाँ कायम गरेको छ। बाजुराको भाडादर ७ हजार ५ सय र अछामको भाडादर ५ हजार कायम गरिएको छ।

समिट एयरले धनगढीदेखि बझाङ २२ मिनेट, अछाम १७ मिनेट र बाजुरा २८ मिनेटको उडान अवधि रहने जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...