स्क्रब टाइफसको संक्रमणबाट एक वृद्धको मृत्यु

बैतडी : स्क्रब टाइफसबाट बैतडीमा बिहीबार एक वृद्धको मृत्यु भएको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–६ गौकुराका ६८ वर्षीय शोभानसिंह भण्डारीेको स्क्रब टाइफसबाट मृत्यु भएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा भानु चालिसेले बताए।

उच्च ज्वरो आएर बुधबार जिल्ला अस्पताल आएका वृद्धको स्वास्थ्य जाँच गर्दा स्क्रब टाइफस देखिएको थियो। यसका साथै उनको रगतमा अक्सिजनको कमी र मिर्गौलामा समेत समस्या देखिएको डा चालिसेले बताए।

अक्सिजनको कमी र थप उपचारका लागि आइसियू आवश्यकता पर्ने देखिएपछि धनगढी रेफर गरिएकोमा उनको बाटामै मृत्यु भएको उनका आफन्तले बताएका छन्।

Deep Jyoti Pustak psl
Loading...