अत्तरिया : संसारलाई मुस्कानले सुधार गर्नुहोस् भन्ने नाराका साथ आज विश्व मुस्कान दिवस मनाईंदै छ ।
मुस्कान सबैको लागि महत्वपूर्ण भएकाले मुस्कानको महत्वलाई आत्मसाथ गर्न प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रवार विश्वभर मुस्कान दिवस मनाइन्छ । आज त्यहि दिन हो ।
वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कान सहितको भाव अनुहारमा प्रस्तुत गरेपछि मानिसहरुको ध्यान मुस्कानको महत्व तर्फ केन्द्रित भएको थियो ।
त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिकरुपमै मनाउन थालिएको हो । सन् २००१ मा हार्वे बलको निधन भयो । त्यसबेला देखि उनको सम्झनामा बनेको विश्व हार्वे बल मुस्कान फाउण्डेसनले आजको दिनमा थुप्रै ठाउँमा मुस्कान दिवस विशेष कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
यस फाउण्डेसनको नारा भने संसारलाई मुस्कानले सुधार गर्नुहोस् , भन्ने रहेको छ ।
