गोदावरीका प्रमुख प्रशासकीय अधिकृत चड्ने गाडी दुर्घटना

अत्तरिया :  कैलाली गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चड्ने गाडी दुर्घटना भएको छ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले चड्ने गाडी दुर्घटना भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत भट्टले बिहिवार राति बा १६ च ८७८८ नम्बरको गाडी दुर्घटना भएको बताए । गाडी खमौरामा दुर्घटना भएको हो । गाडीको अगाडीको भागमा क्षति पुगेको छ । चालक विक्रम चौधरीले गाडी सडक किनारको घरमा ठोकेका हुन् । उनले सडकमा सामुदायिक पशु भएका कारण गाडी घरमा ठोक्किएको बताएका छन् ।

भट्टले भने, ‘गाडीमा म थिएन । राति दुर्घटना भएको रहेछ । सडकमा गाई भएकाले घरमा ठोक्किएको हो । तर, स्थानीयले चालकले मादकपदार्थ सेवन गरेको आरोप लगाएका छन् । उक्त निजि गाडी चालककी श्रीमती बिरामी भएकाले गाडी नगरपालिकाका चालकले बिहिवार चलाएका थिए । चौधरीको घरसमेत खमौरा हो ।

उक्त निजि गाडीलाई नगरपालिकाले दैनिक तीन हजार भाडा दिने गरी प्रयोगमा ल्याउँदै आएको थियो । मासिक ९० हजार प्रमुख प्रशासकीय अधिकृत सवार गाडीमा नगरपालिकाको खर्च हुँदै आएको छ । एक वर्षमा १० लाख ८० हजार खर्च हुँदै आएको उक्त गाडी दुई वर्षदेखि नगरपालिकाले भाडामा लिएको छ ।

Dhangadhi 2081
Loading...