अत्तरिया उद्योग वाणिज्य संघमा तालाबन्दी

अत्तरिया : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघमा व्यवसायीहरुले ताला लगाएका छन् । आज (मंगलबार) अत्तरियाका व्यवसायीहरुले नक्कली ठेली प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै संघको कार्यालयमा ताला लगाएका हुन ।

अत्तरियामा यही पौष २६ गते देखी माघ ७ गतेसम्म सञ्चालित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा माघ ४ गते बिहीबार २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए ।

नक्कली टिकट ठेलीका विषयमा सत्यतथ्य छानबिन गर्न आनाकानी गरिएकाले संघमा ताला लगाइएको व्यापारीहरुले बताएका छन् ।

Loading...