नक्कली टिकट ठेलीको यथाशिघ्र छानविन गर्न स्ववियुको माग

अत्तरिया : कैलालीको अत्तरियामा आयोजना गरिएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रकरणको यथाशिघ्र छानविन गर्न माग गरिएको छ ।

महोत्सवमा टिकट विक्रिको जिम्मा पाएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले सोमबार एक पत्र पठाउदै आयोजक अत्तरिया उद्योग वाणिज्य संघलाई नक्कली टिकट ठेली प्रकरणको शिघ्र छानबिन गर्न माग गरेको हो ।

सम्झौता अनुसार संस्थाका महासचिव र सचिवबाट बुझेर लिएका टिकट वितरण गर्ने क्रममा दुई प्रकारका ठेली देखिएपछि आफुहरुलेनै महासचिवलाई जानकारी गराएको स्ववियुका अध्यक्ष भुवन महरा र सचिव बम बहादुर बि.क द्धारा हस्ताक्षरित उक्त पत्रमा उल्लेख गरिएको छ।

वाणिज्य संघले वास्तविकता पहिचान गरी बाहिर ल्याउनुको सट्टा स्ववियुको संलग्नता भएको जसरी सम्झौता विपरित टिकट विक्रिवितरणमा रोक लगाई स्ववियुको मानमर्दन हुने काम गरेको स्ववियुले बताएको छ ।

पत्रमार्फत स्ववियुले उक्त कुरामा आफुहरुको घोर आपत्ति रहेकाले निष्पक्ष रुपमा छानविन समिति गठन गरि दोषीलाई यथाशिघ्र कारबाही गर्न संघलाई माग गरेको छ ।

उक्त कार्यमा स्ववियुले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने पत्रमार्फत प्रतिवद्धता व्यक्त गरिएको छ ।

Loading...