कैलालीमा लागुऔषधकासहित तीन जना वन मुद्दाका फरार दोषी पक्राउ

अत्तरिया :  कैलालीमा तीन जना फरार प्रतिवादी पक्राउ परेका छन्।

वन मुद्दाका फरार प्रतिवादी जिल्लाको घोडाघोडी नगरपालिका–६ का २४ वर्षीय डम्बर साँउद र सोही ठाउँका २४ वर्षीय तपेन्द्र थापालाई प्रहरीले पक्राउ गरेको हो।

यस्तै एक जना लागुऔषध मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका–१ का २८ वर्षीय सबिन कट्टेल पक्राउ परेका छन्।

पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...