कैलालीमा एक युवकमाथि हतियार प्रहार

अत्तरिया : कैलालीमा एक युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ।
बिहीबार राति जानकी गाउँपालिका–९ मा पुर्वखैरी फाँटाका २३ वर्षीय हेमराज गिरीमाथि धारिलो हतियार प्रहार गरिएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार ती युवकमाथि सोही स्थानका २४ वर्षीय उदय बिक र ३१ वर्षीय जीवन भारतीले धारिलो हतियार प्रहार गरेका हुन्।

हतियार प्रहारबाट गिरीको टाउकोमा चोट लागेको छ। उनको नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हतियार प्रहार गर्ने भारतीलाई प्रहरीले चिसापानीबाट पक्राउ गरेको छ भने उदय विक फरार छन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...