गोदावरीमा प्रदेशस्तरीय कराँते प्रतियोगिता सुरु, कराते खेलाडी आनन्द सम्मानीत

धनगढी : कैलालीको गोदावरीमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृती सुदूरपश्चिम प्रदेशस्तरीय कराँते प्रतियोगिता सुरु भएको छ।

सुदूरपश्चिम प्रदेश कराते महासंघले आयोजना गरेको प्रतियोगिता शनिबार गोदावरी नगरपालिका–११ को कार्यालय परिसरमा सुरु भएको हो।

प्रतियोगिताको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरेका छन्। नगरपालिकाको वडा नम्बर १०, ११ र १२ को आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो।

उद्घाटन समारोहमा गोदावरीका कराते खेलाडी आनन्द कामीलाई सम्मान समेत गरिएको छ।

Deep Jyoti Pustak psl
Loading...