बैतडीमा सर्पको टोकाइबाट एक महिला घाइते

बैतडी :  बैतडीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन्।

जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंकी कंकुरादेवी भट्टलाई सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार शुक्रवार दिउँसो घाँस काटिरहेको बेला भट्टलाई सर्पले टोकेको हो।

घाइते भट्टलाई जिल्ला अस्पतालले डडेल्धुरा रेफर गरेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...