अत्तरिया : कैलालीको अत्तरियामा जारी अन्तर विद्यालयस्तरिय लोटस आई क्रिकेट कपको तेस्रो दिन भएका दुई ओटा खेलमा कञ्चनजंगा मावि कृष्णपुर र सरस्वती मावि गेटा विजयी भएका छन ।
कञ्चनजंगा माविले सैनिक आवाशिय महाविद्यालयलाई र सरस्वती माविले लोटस आई स्कुललाई पराजित गरेको हो । तेस्रो दिनको पहिलो खेलमा सैनिक आवाशियलाई ३ विकेटले पराजित गर्दै कञ्चनजंगा मावि विजयी भएको छ ।
टस जितेर कञ्चनजंगाले बलिङ रोजेको थियो । ब्याटिङका लागि मैदानमा उत्रिएको सैनिक आवाशिय महाविद्यालय १९ दशमलव ३ ओभर खेल्दै ७७ रनमा समेटियो ।
सैनिकका लागि रविन्द्र कार्किले सर्वाधिक २८ रन बनाएका थिए ।
बलिङमा कञ्चनजंगाका निश्चल मल्ल र नविन जोशीले समान ३÷३ विकेट लिए । ७८ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको कञ्चनजंगाले ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । कञ्चनजंगालाई जिताउन व्याट्सम्यानद्धय ललित गुप्ताले २० र भुवन बमले १८ रनको योगदान दिएका थिए ।
खेलमा किफायती बलिङ गरेका कञ्चनजंगाका खेलाडी नविन जोशी म्यान अफ द म्याच चुनिए । उनले नगद रु. १ हजार सहित ट्रफि प्राप्त गरे । यसैगरी शुक्रबार नै भएको दोस्रो खेलमा लोटस आई स्कुलले लगातार दोस्रो हार बेहोरेको छ ।
पहिलो खेलमा सैनिक आवाशिय महाविद्यालयसँग पराजित भएको लोटस आई दोस्रो खेलमा सरस्वती मावि गेटा सँग पराजित भएको हो ।
टस जितेर ब्याटिङ रोजेको सरस्वतीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै ११९ रन बनाएको थियो । टिमलाई सम्मानजनक स्कोरसम्म पु¥याउन सरस्वतीका अमित कार्किले ३१ रनको योगदान दिएका थिए भने रोहन अधिकारीले २३ रन जोडे । बलिङतर्फ लोटस आईका कैलाश बलायरले ४ विकेट लिए ।
१२० रनको मध्यम स्कोर पछ्याएको लोटस आई १४ दशमलव ५ ओभर खेल्दै ५१ रनमा समेटियो । लोटस आईलाई सस्तैमा आउट गर्न सरस्वतीका अमित कार्कि र रवि कुवँरले समान २÷२ विकेट लिए ।
खेलमा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रर्दशन गरेका सरस्वतीका अमित कार्कि म्यान अफ द म्याच चुनिए । उनले नगद रु. १ हजार सहित ट्रफि प्राप्त गरे । अत्तरिया क्रिकेट क्लबको आयोजनामा सञ्चालन भैरहेको प्रतियोगीता अन्तरगत शनिबार पनि २ वटा खेलहरु खेलाईने खेल संयोजक कमल कडायतले जानकारी दिए ।
शनिबारको पहिलो खेल जे.के सेकेन्डरी स्कुल र दुर्गालक्ष्मी विच तथा दोस्रो खेल सत्यवती एकेडेमी र ज्योती बोर्डिङ स्कुल बिच प्रतिष्पर्धा हुने उनले बताए । यही असोज २६ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा कैलाली र कञ्चनपुरका ८ वटा विद्यालयहरुको सहभागीता रहेको छ ।
टि–२० फम्र्याटमा हुने प्रतियोगीताको प्रथम हुने टिमले नगद रु. १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टिमले नगद रु. ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
प्रतियोगीताको उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई नगद रु. ५÷५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । यसैगरी प्रतियोगीतामा उदयीमान खेलाडीलाई पनि आर्कषक पुरस्कारको व्यवस्था रहेको बताइएको छ ।
