धनगढी : नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियानका लागि प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम जिल्लाका फरक–फरक समुदायबीच पुगेर संवाद गर्न कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको हो ।
अभियानका लागि भीष्मराज आङ्देम्बे कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर पुगेर संवाद गर्नेछन् । टोलीमा केन्द्रीय नेतृत्वसँगै प्रदेशले तोकेका पदाधिकारी सहभागी हुनेछन् ।
केन्द्रीय प्रतिनिधि सहिद दिवसका दिनदेखि २६ माघ सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछन् ।
