नक्कली टिकट ठेली प्रकरणः संघर्ष समितिद्धारा छानबिनमा दबाब दिन हस्ताक्षर अभियान

अत्तरिया : कैलालीको अत्तरिया महोत्सवमा फेला परेका नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको छ।

‘नक्कली टिकट प्रकरण सत्यतथ्य छानविन दवाव संघर्ष समिति’ ले सोमबारदेखि अत्तरिया बसपार्कबाट हस्ताक्षर अभियान सुरु गरेको हो। नक्कली टिकट ठेली प्रकरणलाई थामथुम पार्ने प्रयास भएको भन्दै दबाब दिन हस्ताक्षर अभियान सुरु गरिएको संघर्ष समितिका संयोजक गणेशबहादुर बलायरले बताए।

संघर्ष समितिले आइतबार नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापनपत्र बुझाएको थियो।

Loading...