आजबाट मिटरब्याज पीडितले न्यायका लागि फेरि काठमाण्डौसम्म पैदलयात्रा गर्ने

झापा र कञ्चरपुरबाट एकसाथ पैदलमार्च शुरू हुने

काठमाण्डौ : मिटरब्याज पीडितले न्यायका लागि फेरि काठमाण्डौसम्म पैदलमार्च गर्ने भएका छन् । हिजो झापाको काँकडभिट्टामा पत्रकार सम्मेलन गरी उनीहरुले पैदलमार्च गर्न लागेको जानकारी गराएका हुन् ।

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समिति, नेपालका अध्यक्ष अवधेश कुशवाहाले आज झापा र कञ्चनपुरबाट एकैसाथ पैदलमार्च गर्ने बताउनुभयो ।

आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण सरकारलाई सुनाउन फेरि हिँडेर काठमाण्डौको शान्तिवाटिका पुग्न लागेको उहाँले बताउनुभयो ।

झापाको काँकडभिट्टा र कञ्चरपुरको महेन्द्रनगरबाट एकसाथ पैदलमार्च शुरू गरेर दुवैतर्फको टोली चितवनमा भेट हुनेछ । चितवनबाट संयुक्त रुपमा काठमाण्डौ छिर्ने कार्यक्रम रहेको कुशवाहाले बताउनुभयो ।

आजबाट शुरु हुने पैदलयात्रा १५ दिनपछि काठमाण्डौ पुग्नेछ । यसअघि मिटरब्याज पीडित महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाण्डौ पुगेका थिए ।

उनीहरूका समस्या समाधान गर्न सरकारले जाँचबुझ आयोग पनि बनाएको थियो । आयोगले छानबिन पनि गरिसकेको छ ।

Deep Jyoti Pustak psl
Loading...