आज जितिया पर्व

काठमाण्डौ : आज जितिया पर्व मनाइँदैछ । सन्तानको दीर्घ जीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्व अस्ति बिहीवारदेखि विधिवत् रुपमा शुरु भएको हो ।

Godawari_Badhi

जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायका महिलाले आफ्नो सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवम् पारिवारिक सुख–शान्तिका लागि पूजा आराधना गर्दै उत्साहका साथ मनाउने गर्छन् । यस पर्वमा थारू तथा मधेसी महिला कठोर उपवास बस्ने गर्छन् ।

यस पर्वमा व्रतालुले पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्छन् । यस्तोमा पाकाले कथा भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायतले जितिया पर्वका अवसरमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको छ

Dhn Upamahanagarpalika_Badhi
Loading...