डडेल्धुरामा कार्यालयमा अनुपस्थित भेटिएका कर्मचारीलाई स्पष्टीकरण सोधियो

डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गरेको छड्के अनुगमनका क्रममा अनुपस्थित भेटिएका ३६ कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेको निर्देशनमा प्रशासकीय अधिकृत कृष्णानन्द जोशीको नेतृत्वमा कार्यालयहरूको छड्के अनुगमन गरिएको थियो । सो अनुगमनका क्रममा ३६ जना कर्मचारी अनुपस्थित रहेको पाइएका थिए ।

प्रशासनले अनुपस्थित कर्मचारीलाई अनुपस्थित हुनुको कारण खुलाएर स्पष्टीकरण पेस गर्ने निर्देशन दिएको छ । प्रशासनले सोमबार १५ कार्यलयमा छड्के अनुगमन गरेको थियो ।

जसमा १५ जना अधिकारीस्तरका कर्मचारी अनुपस्थित भेटिएका थिए ।

Loading...